गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त, लिएको मत अवैधानिक ठहर


जेठ १४, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको मतलाई अवैधानिक ठहर गर्दै उनलाई पदमुक्त गरेको छ। न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले सोमबार अधिकारीले लिएको विश्वासको मत अवैधानिक ठहर गरेको हो।

अदालतले ठूलो दल नेपाली कांग्रेसको संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ। ६० सदस्यीय प्रदेश सभामा ३१ मत आवश्यक हुनेमा उनले ३० जनाको समर्थन पाएका थिए।

अधिकारीलाई अवैधानिकरुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पाण्डेले गत वैशाख २५ मा सर्वोच्चमा रिट दायर गरेका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?