अष्ट्रेलियामा पानीमा डुबेर दुई नेपाली युवाको मृत्यु
जेठ १५, मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियाको न्यु साउथ वेल्समा पानीमा डुबेर दुई नेपाली युवाको मृत्यु भएको छ। केप सोलान्डर ड्राइभ कर्नेलमा माछा मार्न गएका दुई जना नेपाली युवाको पानीमा डुबेर ज्यान गएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ।
सोमबार दिउँसो २ः४५ बजे कर्नेल चट्टानमा माछा मार्ने क्रममा उनीहरुलाई समुन्द्रको छालले तानेर डुबाएको प्रहरीले भनाइ छ। घटना घटेको केहीबेरमा प्रहरी घटना स्थलमा पुगे पनि उनीहरुको ज्यान जोगाउन नसकेको न्यु साउथ वेल्स प्रहरीले जानकारी दिएको छ। हेलिकप्टरको साहयताले उनीहरुको शव पानीबाट निकालिएको थियो।
उनीहरुको थप विवरण खुल्न बाँकी छ।