संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत


जेठ १५, काठमाडौं । अगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट भाषण सुरु भएको छ। मंगलबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन्।

सभामुख देवराज घिमिरेको अनुमतिमा अर्थमन्त्री पुनले बजेट प्रस्तुत गर्न लागेका हुन्। यसअघि मंगलबार दिउँसो प्रधानमन्त्री एवं आयोग अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सिंहदरबारमा आयोगको पूर्ण बैठकले मध्यमकालीन संरचना र वार्षिक विकास कार्यक्रम पारित गरेको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?