नक्सलबादीले गराएको बारुदी सुरुङ विस्फोटमा बिहारमा १० सुरक्षाकर्मीको मृत्यु


Biharभारत बिहारको औरंगावाद जिल्लामा नक्सलवादीले गराएको बारुदी सुरुङ विस्फोटमा १० जना प्रहरीको मृत्यु भएको छ ।

विस्प्फोटमा अन्य केही सुरक्षाकर्मी घाइते भएका छन् । सुरक्षाकर्मीले गरिरहेको सर्च अभियानका क्रममा नक्सलवादीले बारुदी सुरुङ विस्फोट गराउँदा उनीहरुको मृत्यु भएको हो ।

सुरक्षाकर्मीले गरेको कारबाहीमा तीन जना नक्सलवादीको समेत मृत्यु भएको बताइएको छ । घाइते सुरक्षाकर्मीको उपचारका लागि पटना लगिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?