जर्मनीको वुर्जबर्गमा अफगानी शरणार्थीले गुडिरहेको रेलमा बञ्चरो तथा चक्कुले आक्रमण गर्दा चार जना घाइते
जर्मनीको वुर्जबर्गमा एक जना अफगानी शरणार्थीले गुडिरहेको रेलमा बञ्चरो तथा चक्कुले आक्रमण गर्दा चार जना घाइते भएका छन् ।
वुर्जबर्गको हाइडिग्सफेल्ड क्षेत्रमा १७ वर्षे अफगानी शरणार्थीले आक्रमण गर्दा उनीहरु घाइते भएका हुन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
आक्रमण गर्ने व्यक्ति प्रहरीको गोली लागेर मारिएका छन् । घटनापछि वर्जुबर्ग–हाइडिग्सफेल्ड तथा ओसनफर्टको रेल सेवा बन्द गरिएको छ । घटनामा शुरुमा २० जना घाइते भएको बताइए पनि १४ जना आत्तिएको र उनीहरुलाई कुनै चोट नलागेको प्रहरीले जनाएको छ । युवकले बन्चरो तथा चक्कु प्रहार गर्नुको कारण खुलेको छैन ।