सुपर ओभरमा नामिबिया विजयी


जेठ २१, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा ओमान र नामिबियाबीचको खेलको नतिजा सुपर ओभरबाट निकालिएको छ। सुपर ओभरमा नामिबियाले जित दर्ता गरेको हो। त्यसअघि निर्धारित २० ओभरमा दुवै टोलिले समान १०९ रन बनाए पछि खेल सुपर ओभरमा पुगेको हो।

टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ओभरको २ बल बाँकी हुँदै सवै विकेट गुमाएर १०९ रनमा रोकिन पुग्यो। ओमानको सुरुआत भने निकै खराब रहेको थियो। दुई खेलाडी खाता नै नखोलेर गोल्डेन डक आउट भएका थिए।

पहिलो बलमै कश्यप प्रजापती र दोस्रो बलमा कप्तान अकिव इलियास आउट भएका थिए। त्यसपछि १० रन हुँदा तेस्रो विकेटको रुपमा नसिम खुसी आउट भए। उनी ६ रन बनाएर आउट भएका थिए। जिसन मक्सुद र खलिद काली पारि अघि बढाए। खलिदले ३४ रनको पारि खेल्दा मक्सुदले २२ रन जोडे। यसैगरी शकिल अहमदले ११ रन जोडे।

नामिबियाका रुबेन ट्रम्पलम्यानले सर्वाधिक ४ विकेट लिँदा डेभिव वेसले ३ विकेट हात पारे। यस्तै जेरार्ड एरामसले २ तथा ब्रेनान्ड स्कोल्ट्जले एक विकेट लिए। १०ं१ रनको लक्ष्यसहित मैदान उत्रिएको नामेवियाको पनि सुरुआत खास रहेन्। टिमले खाता नखोल्दै पहिलो विकेट गुमाएको थियो। मिचेल भान लिंगेन आउट भएका थिए।

निकोलस डेभिन र जान फ्रांकलिङले गतिलो साझेदारी गरे पनि त्यसपछि लगातार विकेट पतन हुँदा सामान्य लक्ष्य पनि पूरा भएन र खेल बराबरीमा पुग्यो। निकोलस डाभिनले २४ रन बनाउँदा जान फ्रांकलिनले ४५ रन जोडे। यसैगरी जेरार्ड एरामस १३ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। ओमानका मेहरन खानले तीन विकेट लिए। खेल बराबरी पछि सुपर ओभरमा नामेबियाले पहिला ब्याटिङ गर्दै स्कोरबोर्डमा २१ रन बनायो । नामेवियाका कप्तान जेरार्ड एरामस र डेभिड वाइस क्रिजमा आएका थिए।

उनीहरुविरुद्ध ओमानका विलाल खानले बलिङ गरे। पहिलो बलमा चौका र दोस्रो बलमा वाइसले छक्का प्रहार गरेका थिए भने तेस्रो बलमा २ रन जोडे। चौथो बलमा एक रन आएपछि क्रिजमा आएका एरामसले लगातार दुई चौका प्रहार गरेपछि स्कोर बोर्डमा २१ रन बनेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको ओमानका लागि जिसन मक्सुद र नसिम खुसी आएका थिए। बलिङका लागि नामेवियाका वाइज आएका थिए। पहिलो बलमा निसमले २ रन लिए भने दोस्रो बल डट खेले। तेस्रो बलमा नसिम खुसी २ रन बनाएर आउट भए । चौथो बलमा अकिल इलियसले एक रन लिँदा पाँचौं बलमा मक्सुदले एक रनमात्रै लिए। अन्तिम बलमा मक्सुदले छक्का प्रहार गरे पनि जित निकाल्न पर्याप्त भएन।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?