नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिदैँ


जेठ २३, नयाँ दिल्ली । भारतमा प्रधानमन्त्रीको सपथग्रहण जुन ८ मा हुने भएको छ। हालै सम्पन्न लोकसभाको निर्वाचनबाट प्रधानमन्त्री नरेन्द्र मोदीआवद्ध एनडीए गठबन्धनले २९२ सिट ल्याएको छ।

५४३ लोकसभा सदस्यका लागि बहुमतका लागि २७३ सिट आवश्यक पर्छ। उक्त बहुमतको आँकडा एनडीए गठबन्धनले पार गरेसँगै नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने सम्भावना बढेको हो।

तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने बित्तिकै नरेन्द्र मोदीको नाममा नयाँ कीर्तिमान थपिनेछ । यसअघि यो कीर्तिमान जवाहरलाल नेहरूका नाममा थियो। मोदीले उक्त कीर्तिमान बराबरी गर्नेछन्।

एनडीएको बैठक आज दिउँसो ४ बजे दिल्लीमा बोलाइएको छ। जसमा जेडियु प्रमुख नितिश कुमार, टीडीपी प्रमुख एन चन्द्रबाबु नायडू र अन्य नेताहरू सहभागी हुनेछन्। भाजपा संसदीय बोर्ड बैठक एनडीए सहयोगीहरु संग वार्ता पछि बस्नेछ। यसमा सरकार गठन र सपथ ग्रहणको रूपरेखाबारे छलफल हुनेछ। जेडीयू प्रमुख नितिश कुमार बुधबार बिहान दिल्ली पुगेका छन्। चन्द्रबाबु नायडू पनि दिल्ली पुग्ने सम्भावना रहेको छ।

उता, कांग्रेस आइलगाएतको इन्डिया गठबन्धनले पनि आन्तरिक रणनीतिहरु बनाइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?