आज यी चार प्रदेशमा मेघगर्जन-चट्याङ्ग सहित पानी पर्ने सम्भावना


जेठ २४, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको अनुसार आज देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

जसकारण आज बिहानैबाट हाल मौसमको कोशी र बागमती प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बिहीबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सुदुरपश्चिम, कर्णाली, लुम्बीनी र कोशी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

आज राती कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी ,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?