बढ्यो पाउण्ड र युरोको भाउ, अष्ट्रेलियन डलरको रेट कति पुग्यो ?


जेठ ३१, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९८ पैसामा झरेको छ। बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ०१ पैसामा कारोबार भएको थियो।

यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा रहेको छ। बुधबार युरो एकको खरिद दर १४३ रुपैयाँ १९ पैसा र बिक्री दर १४३ रुपैयाँ ८३ पैसामा कारोबार भएको थियो।

आज, बेलायती पाण्उड एकको खरिद दर १७० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ९२ पैसा पुगेको छ। हिजो पाण्उडको खरिद दर १६९ रुपैयाँ ९६ पैसा र बिक्री दर १७० रुपैयाँ ७३ पैसामा कारोबार भएको थियो।

यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?