आज यी चार प्रदेशमा पानी पर्ने सम्भावना


असार २, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

कोशी र मधेश प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश र बाग्मती प्रदेशका थोरै स्थानहरुमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेश लगायत बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

बेलुकी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक देखी मौसम मुख्यतया सफा रहने छ। कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा पानी पर्ने सम्भावना रहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?