आइसीसी टी–२० विश्वकप : भारतको अपराजित यात्रा कायमै, अफगानिस्तान ४७ रनले पराजित


असार ७, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ मा भारत विजयी भएको छ। समूह चरणदेखि नै अपराजित रहेको भारतले सुपर आठको पहिलो खेलमा अफगानिस्तानलाई ४७ रनले पराजित गरेको हो।

ब्रिजटाउनको केन्सिङ्टन ओभल स्टेडियममा रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए। कप्तान रोहित शर्मा र विराट कोहलीको ओपनिङ जोडी अफगानिस्तानविरुद्ध पनि चल्न सकेन। पहिलो विकेटको रुपमा कप्तान रोहित १३ बलमा ८ रन बनाएर आउट भए। उनले एक चौका प्रहार गरेका थिए।

विराट कोहलीलाई साथ दिन ऋषभ पन्त आए। उनले ११ बलमा २० रन बनाए। जसमा चार चौका सामेल छ। ऋषभ आउट हुँदा भारतले ७ ओभरमा ५४ रन बनाएको थियो। तेस्रो विकेट पनि भारतले सस्तैमा गुमायो। विराट कोहली २४ बलमा २४ रन बनाएर आउट हुँदा भारतलको स्को ८.३ ओभरमा ६२ रन रहेको थियो। विराटले एक छक्का प्रहार गरेका थिए।

शिवम् दुवे पनि चल्न सकेनन्। उनले ७ बलमा १० रन बनाएर आउट हुँदा एक मात्र छक्का प्रहार गरे। सूर्यकुमार यादव र हार्दिक पाण्ड्याले भारतको पारि सम्हाले। यादव र पाण्ड्याबीचमा ६० रनको साझेदारी भएप्छि टिमको स्कोर ५–१५० पुगेको थियो। सूर्यकुमारले २८ बलमा अर्धशतकीय पारि खेल्दै आउट भए । उनले अर्धशतक पूरा गरेलत्तैको बल उठाएर खेल्न खोज्दा क्याच आउट भए । यादवले ३ छक्का र ५ चौकाका मद्दतले ५३ रन बनाए।

हार्दिक पाण्ड्याले २४ बलमा ३२ रन बनाउँदा २ छक्का र तीन चौका प्रहार गरे। यसैगरी रविन्द्र जडेजाले ७ रन बनाउँदा अक्षर पटेलले ६ बलमा १२ रनको पारि खेले। उनले २ चौका प्रहार गरेका थिए। अर्सदीप सिंहले २ रन लिए। अफगानिस्तानका फजलहक फारुकी र रासिद खानले तीन तीन विकेट लिए।

१८२ रनको लक्ष्यसहित मैदान उत्रिएको अफगानिस्तानका खेलाडी चल्न सकेनन्। पहिलो विकेटको रुपमा रमनुल्लाह गुर्वाज पभेलियन फर्किए। उनले ८ बलमा एक छक्का र एक चौकाको मद्दतले ११ रन बनाए। इब्राहिम जर्दान ११ बलमा ८ रन बनाएर आउट हुँदा हजरतुल्लाह जजाई २ रनमै पभेलियन फर्किंदा अफगानिस्तानले २३ रनमा तेस्रो विकेट गुमाउन पुग्यो। गुलाबदिन नइबले १७ रन बनाउँदा अज्मतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए। उनले एक छक्का र दुई चौका प्रहार गर्दा २० बल फेस गरेका थिए।

नजबुल्लाह जर्दानले १९ र नबनाउँदा मोहमद नाववीले १४ तथा नुर अहमदले १२ रन बनाए। भारतका अर्षदीप सिंह र जसप्रित बुमराहले तीन तीन विकेट लिए । सूर्यकुमार यादवको अर्धशतक (५३ रन) को मद्दतमा टीम इन्डियाले सुस्त पिचमा २० ओभरमा ८ विकेट गुमाएर १८१ रन बनाएर अफगानिस्तानलाई १८२ रनको लक्ष्य दिएको थियो।

रन पछ्याउने क्रममा अफगानिस्तानको टोली २० ओभरमा १३४ रनमा अलआउट भयो। जसप्रित बुमराह र अर्शदीप सिंहले ३–३ विकेट लिए। कुलदीप यादवले २ सफलता हात पारे। अक्षर–जडेजाले पनि एक–एक विकेट लिए। अफगानिस्तानका लागि अजमातुल्लाह ओमजाईले सर्वाधिक २६ रन बनाए।
सुपर आठको पहिलो समूहमा भारतले २ अंक लिएर शीर्ष स्थानमा आफूलाई राखेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?