प्रधानमन्त्रीलाई ओलीको सुझाव : नियुक्ति, सरुवा, बढुवातिर नलाग्नुहोस


असार १६, काठमाडौँ । सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना नियुक्ति, सरुवा, बढुवातिर अल्झिएर बस्ने समय नरहेको बताए।

आइतबार काठमाडौँमा पार्टीको कृषि तथा सहकारी विभागले आयोजना गरेको समृद्धिको आधारः सम्मानित किसान र कृषिमा रुपान्तरण नीति सम्वाद कार्यक्रममा उनले प्रधानमन्त्रीलाई सानातिना नियुक्ती, सरुवा, बढुवातिर नअल्झिन सुझाव दिएका हुन्। नीतिगत सुधारका लागि ठोस प्रस्ताव ल्याउन उनको आग्रह छ।

उनले भने,‘मैंले प्रधानमन्त्रीलाई भनेको छु। सानातिना नियुक्ति सरुवा बढुवातिर नअल्झियौँ । पोलिसी म्याटरकोछलफल गरौं। कुन क्षेत्रमा के कस्ता सुधार,परिवर्तन,कस्ताकदम र नीति लिन आवश्यक छ त्यसमा छलफल गरौँ। छलफल गर्याे सुन्यो सिध्यो। पुराण सुनेजस्तो नगरौं। आँखा चिम्लेर सुनेपछि सक्यो। यस्तो गरेर भएन। ठोस् रुपमा कार्यान्वयनमा जाऔँ। र व्यवहारिक कदमहरु चल्न ठोस प्रस्तावहरु लिएर आउनु होला।’

अध्यक्ष ओलीले अबको पाँच वर्षभित्रमा कृषिक्षेत्रमा असाधारण परिवर्तन ल्याउन सकिने सम्भावना रहेको विश्वास व्यक्त गरे। उनले देशमा कृषि क्षेत्रमा अब पर्खने समय नै नरहेको बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?