भ्रष्टाचारको फाइल खोलेपछि काँग्रेस-एमालेमा त्रास देखियो : प्रधानमन्त्री ‘प्रचण्ड’


असार १८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको फाइल खोलेपछि काँग्रेस–एमालेमा त्रास देखियो बताएका छन्। मुलुकलाई पश्चगमनतर्फ धकेल्न डरलाग्दो षड्यन्त्र भएको पनि उनले बताएका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले काँग्रेस र एमालेले मुलुकलाई ०४७ कै अवस्थामा धकेल्ने प्रयास गरेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने बताएका हुन्।

‘संविधानलाई नै डिरेल हिसाबले कोसिस भइराखेको छ। भ्रष्टाचारको फाइल खोलेपछि काँग्रेस–एमालेमा त्रास देखियो। माओवादी जनयुद्धले ल्याएका उपलब्धि, संघीयता, समावेशी सहभागिता, संविधान उल्ट्याएर मुलुकलाई पुरानै अवस्थामा धकेल्ने षड्यन्त्र भइरहेको छ। यसको सशक्त प्रतिवाद गर्नुपर्छ’, ‘प्रचण्ड’को भनाइ छ।

बैठकमा ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीले दोहोरो भूमिका खेलेकोमा पनि बताए। ओलीसँग बिहानमात्रै भेट हुँदा समेत बाहिर आएका कुरा केही नभएको भनेर ओलीले जवाफ दिएको ‘प्रचण्ड’ले बैठकमा ब्रिफिङ गरेका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?