बालबालिकालाई जबरजस्ती धर्म परिवर्तन गराउनेलाई जेल चलान


Chinimayaबालबालिकालाई जर्बजस्ती धर्म परिर्वतन गराएको अभियोगमा पक्राउ परेकी चिनिमाया ब्लोनलाई प्रहरीले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

माया अनाथ आश्रमको नाममा अबैध बालगृह चलाएर विकट जिल्लाका कमजोर आर्थिक अवस्थाका ५ देखि १३ वर्षका बालबालिकालाई शोषण गरेको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरले असार १० मा १४ बालबालिकाको उद्धार गर्दै ब्लोनलाई पक्राउ गरेको थियो । उनले बालबालिकालाई धनकुटाबाट काठमाडौं ल्याएर स्वयंम्भू हुँदै शंखमुलको चर्चमा राखेको आरोप प्रहरीले जनाएको छ ।

त्यसैगरी हिन्दु परिवारका बालबालिकालाई कोठामा राखेर जर्बजस्ती क्रिश्चियन बनाएको अभियोग लागेका जेरुसेलम एन्टीवन चर्चका सञ्चालक हरिबहादुर तामाङ ५० हजार धरौटीमा छुटेका छन् ।

अनुसन्धानमा चर्चमा राखिएका बालबालिकालाई कोठाबाट बाहिर निस्कन नदिई हिन्दुधर्मावलम्बी परिवारका बालबालिकालाई क्रिस्चियन धर्मको प्रार्थना गर्न लगाएको आरोपमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो ।

दुबै जनाविरुद्ध दर्ता भएको मानव ओसारपसार र धर्म परिवर्तन उद्योग मुद्धामा जिल्ला अदालत ललितपुरले बिहीबार ब्लोनलाई पुर्पक्षको लागि कारागार चलान गरेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?