जर्मनीको म्युनिखस्थित ओलम्पियामा सपिङ सेन्टरमा अन्धाधुन्ध गोली प्रहार गरी नौ जनाको हत्या
जर्मनीको म्युनिखस्थित ओलम्पिया शपिङ सेन्टरमा एक जना आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएर आठ जनाको हत्या गरेका छन् । घटनामा १६ भन्दा बढी घाइते भएका छन् ।
केही वर्षदेखि म्यूनिखमा बस्दै आएका १८ वर्षीय एक जर्मनी र इरानको दोहोरो नागरिकता भएका युवकले आक्रमण गरेको जर्मन प्रहरीले जनाएको छ । उनी पनि प्रहरी कार्वाहीमा मारिएका छन् । तर आक्रमणको कारण भने खुल्न सकेको छैन ।
आक्रमणकारीको आतंककारी समुहसंग संलग्नताबारे केही पत्ता लाग्न सकेको छैन । आक्रमणकारीको शव ओलम्पिया शपिङ सेन्टरभन्दा एक किलोमिटर पर भेटिएको प्रहरीले जनाएको छ ।
शपिन्ङ सेन्टरमा आक्रमण गरिनु अघि फाष्ट फुड क्याफेमा आक्रमणकारीले गोली चलाएको बताइएको छ । आक्रमणपछि म्युनिखमा आपतकालीन अवस्था घोषणा गरिएको छ र आतंककारीविरुद्ध कारबाही अभियान शुरु गरेको छ । नेपाली समय अनुसार शुक्रबार राति पौने १० बजे घटना भएको थियो ।