धरौटीमा रिहा हुन मानेनन् राउत, राज्य टुक्र्याउने आशय नभएको स्पष्टीकरण


विशेष अदालत काठमाडौँको आदेशअनुसार डा सिके राउतले धरौटी नबुझाएपछि उहाँलाई प्रहरीले डिल्लीबजार सदरखोर थुनामा राखेको छ । विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई तथा सदस्यद्वय नरेन्द्रकुमार सिवाकोटी र भूपेन्द्रप्रसाद राईको संयुक्त इजलासले रु ५० हजार धरौटीमा रिहा गर्न आज आदेश दिएको थियो । अदालतका रजिस्ट्रार नातिबाबु लामिछानेका अनुसार राउतले “राज्य टुक्राउने मेरो आशय होइन, स्वायत्त मधेस प्रदेश चाहिन्छ भनेर किताब लेखेको मात्र हुँ” भनी दिएको बयानका आधारमा अदालतले सो निर्णय लिएको जानकारी दिनुभयो । सरकारी वकिलको कार्यालय मोरङले राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ अनुसार हदैसम्मको कारबाही गर्न उनीविरुद्ध मुद्दा दायर गरेको थियो । रजिस्ट्रार लामिछाने पन्ध्र जनासम्म वकिल राख्न सक्नेले अदालतले तोकेको धारौटी राख्न सक्नुपर्ने तर त्यसो नभएपछि उनलाई प्रहरीले नियन्त्रणमा राखेको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?