सडकमा गुड्ने अनि हावामा उड्ने कार बजारमा आउँदै (फोटोफिचर पनि)
अब केही समयमै सडकमा पनि गुड्नसक्ने र आकासमा पनि उड्नसक्ने कार आउँदैछ । हो, यो समाचार सत्य हो र तिहार लगत्तै यसलाई बजारमा ल्याउने तयारी पनि भइसकेको छ । अक्टोबर २९ तारिखका दिन अष्ट्रियामा स्लोवाकिएन नामक कम्पनीले यस्तो कार लञ्च गर्दैछ । एरोमोविल नाम दिइएको यो कारमा पूmल ट्यांकी भरेपछि ६ सय ४५ किलोमिटर टाढासम्म उड्न सक्नेछ । अष्ट्रियामा आयोजना हुने पोनियर्स फेष्टिवलका क्रममा यसलाई लञ्च गर्ने योजना कम्पनीको छ । यसलाई कति मूल्य पर्छ भन्ने कुरा नखुलाए पनि यसमा विभिन्न विशेषता रहेको कम्पनीले जनाएको छ । यसलाई जहाँकर्ही सजिलै पार्क गर्न सकिनेछ । किनकि यसका पंखेटाहरु पार्किंग गर्ने समयमा फोल्ड गर्न सकिनेछ । कम्पनीका प्रवक्ता तेतिएना बेबरका अनुसार कम्पनीले सन् १९९० देखि नै उड्ने कारको निर्माण थालेको हो । पहिलो मोडल अहिलेको जस्तो थिएन । चलाउन पनि गाह्रो थियो । यसपछि कमी कमजोरीलाई सुधार गर्दागर्दै अहिले यो कारको निर्माणसम्म कम्पनी आइपुगेको र यसले बजारमा राम्रो स्थान ओगट्ने विश्वास छ । यो कार प्रति घण्टा २ सय किलोमिटरको गतिमा उड्न सक्नेछ भने टेकअफको बेला १ सय ३० किलोमिटर प्रतिघण्टाको गतिमा दौडनेछ । यसमा दुईजना बस्न मिल्नेछ भने एक घण्टामा १५ लिटर पेट्रोल यसले खपत गर्नेछ भने सडकमा गुडाउँदा प्रति सय किलोमिटरमा ८ लिटर तेल यसले खपत गर्छ । कारको तौड ४ सय ५० किलो मात्र हुनेछ । हेर्नुहोस् यसका केही तस्वीरहरु