पर्थमा नेपाली भाषा कक्षा सञ्चालन हुँदै, सहभागिताको नावाको आह्वान


नेप्लीज एशोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया नावाले नेपाली बालबालिकाहरु लक्षित गरेर भाषा कक्षा सञ्चालन गर्ने भएको छ । स्थानीय रिभर भेले सामूदायिक हलमा आयोजना गरिने यो नेपाली भाषा कक्षा सातामा एक पटक दुई घण्टा सञ्चालन गरिने भएको छ । नावाका अध्यक्ष आङ जङ्बु शेर्पाले नेपाली अभिभावकहरुलाई आफ्ना छोराछोरीलाई यस कक्षामा सहभागी गराउन आह्वान गर्नुभएको छ । शेर्पाले भन्नुभयो, “स्वदेशबाट टाढा यो अष्ट्रेलियाको भूमिमा हाम्रा बालबालिकाले यहाँको शिक्षा त पाउँछन् तर आफ्नै नेपाली भाषा भने भुल्दै जान्छन् ।

Nawa language
File Photo : Nepali children’s in language class

हामी हाम्रो भाषा, कला र संस्कृतिको जगेर्नाका लागि भाषा कक्षाको माध्यमबाट उनीहरुलाई जागृत गराउन चाहन्छौं । यसैले अभिभावहरुले धेरैभन्दा धेरै सहभागिता जनाएर यो प्रयासलाई सफल पार्नुहुनेछ भन्ने हाम्रो विश्वास छ ।”
नावाले यो कक्षा सञ्चालनका लागि वेष्टर्न अष्ट्रेलिया सरकारको स्थानीय सरकार तथा समूदाय, बहुसांस्कृतिक मामिला कार्यालयको सहयोग समेत प्राप्त गरेको छ । अष्ट्रेलिया सरकारले गैरनाफामूलक संघ संस्थालाई बहुसांस्कृतिक गतिविधि सञ्चालन गर्नका लागि प्रेरित गर्ने गर्दछ । यसअघि पनि पर्थमा नेपाली भाषा कक्षाहरु सञ्चालन भएका थिए । शेर्पाले भन्नुभयो, “बालबालिकाहरु ठूलो कक्षामा गइसकेपछि, बसाई सरेर गएपछि निरन्तरतामा समस्या देखिएको छ । हामी चाहन्छौं निन्तर यो कक्षामा सहभगाी भएर उनीहरुले नेपाली भाषा सिक्न सकुन् ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?