रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प योजना र लक्ष्य विनाका व्यक्ति भएको अमेरिकी राष्ट्रपति ओबामाको आरोप


Obamaअमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पलाई कुनै योजना र लक्ष्य विनाका व्यक्तिको संज्ञा दिनुभएको छ ।

रिपब्लिकन पार्टीका तर्फबाट ट्रम्पलाई उम्मेदवार चयन गर्नु गलत निर्णय भन्दै राष्ट्रपति ओबामाले हिलारी क्लिन्टन अमेरिकाको भावी राष्ट्रपति हुने दाबी गर्नुभयो । अमेरिकाको फिलाडेल्फियामा आयोजना गरिएको डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ओबामाले हिलारी क्लिन्टनको खुलेर प्रशंसा गर्नुभयो ।

हिलारी क्लिन्टनले अमेरिकी नागरिकलाई सम्मान गर्ने गरेको औंल्याउँदै ओबामाले अमेरिकामा रंग र धर्ममा बिभेद हुन नदिन क्लिन्टनको भूमिका महत्वपूर्ण हुने विश्वास ब्यक्त गर्नुभयो । सम्बोधनकै क्रममा ओबामाले आफ्नो कार्यकालमा भएका उपलब्धिको चर्चा गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा अमेरिका र क्युबाबीचको सम्बन्ध सुधार महत्वपूर्ण उपलब्धि मध्येको एक भएको जिकीर गर्नुभयो । आफ्नो कार्यकालमा पाँच करोड नागरिकलाई रोजगारी दिएकोे उहाँको भनाइ थियो ।

सम्बोधन सुन्न पुगेका अमेरिकी नागरिकले ओबामाको तारिफ गर्दै ‘एस वी क्यान’ भन्ने नारा लगाएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?