अस्ट्रेलियामा पानी जहाजमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति काठमाडौंमा पक्राउ


Rajan_Gurungअष्ट्रेलियामा पानी जहाजमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनलाइनमा विज्ञापन गरेर १० जनाभन्दा बढीलाई ठगी गरेर फरार भएका ललितपुर–१४ नख्खिपोटका राजन गुरुङलाई पक्राउ गरेको हो । वैदेशिक रोजगार न्यायाधिकरणले उनलाई २०७२ साल  माघ ६ गते ६ वर्ष ९ महिना कैद र ६ लाख २२ हजार जरिवाना गरेको थियो । त्यसपछि फरार भएका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले इजाजत नै नलिइ इन्टेल हब एजुकेशन फाउन्डेशन नामको संस्थाबाट मानिसहरुलाई ठगी गर्ने गरेका थिए ।

नक्कली भिषा देखाएर उनले रकम असुल्ने गरेको प्रहरीले जनाएको छ । उनले सिप म्यानको तालिम लिनका लागि कतिपयलाई भारतको बेङलोर र फिलिपिन्समा समेत लैजाने गरेको खुल्न आएको छ । अलपत्र परेका धेरैजसो आफ्नै खर्चमा स्वदेश आएका थिए ।

उनले अहिलेसम्म ७६ लाख ६८ हजार ९ सय ९७ रुपैयाँ असुलेको प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?