फ्रान्सको बुआँ शहरको एक बारमा भएको आगलागीमा कम्तिमा १३ को मृत्यु
फ्रान्सको उत्तरी बुआँ शहरको एक बारमा भएको आगलागीमा कम्तिमा १३ जनाको मृत्यु भएको छ ।
जन्मदिनको पार्टी भइरहेका समयमा आगो लाग्दा मृत्यु हुनेमा १८ देखि २५ वर्ष उमेर समूहका रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आगलागीमा परेर छ जनाभन्दा बढी जलेका छन् । एकको अवस्था गम्भीर छ ।
आगो नियन्त्रणका लागि ठूलो संख्यामा अग्नी नियन्त्रक परिचालन गरिएको थियो । फ्रान्सका गृहमन्त्री बर्नाडले घटनाबारे अनुसन्धान शुरु गरिएको बताउनु भएको छ । मैन बत्तीबाट आगो सल्किएको अनुमान गरिएको छ ।