भारततर्फ लैजाँदै गरेको २० किलो चाँदी बरामद
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट जटीले जनकपुरमा २० किलो चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी निरीक्षक छवि राउतको नेतृत्वमा रहेको टोलीले जनकपुरबाट भारततर्फ तस्करी गर्न लाग्दा उक्त चाँदी पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक रवीन्द्र ठाकुरले बताउनुभयो । करिब रु १३ लाख मूल्य बराबरको सो चाँदीसहित पक्राउ परेका व्यक्तिलाई राजस्व अनुसन्धान विभाग पथलैयामा बुझाउने तयारी भएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम, थर, वतन सार्वजनिक गरेको छैन ।