न्यूजिल्याण्ड निवासी बुद्धिसागर घिमिरे नेपाली पर्यटनका मानार्थ दूत नियुक्त


appoint buddhiनेपाल पर्यटन बोर्डले न्यूजिल्याण्डको क्राईष्टचर्च शहरका लागि बुद्धि सागर घिमिरेलाई पर्यटन प्रवर्द्धन मानार्थ दूत नियुक्त गरेको
छ । न्यूजिल्याण्डको कुनै शहरका लागि पर्यटन दुत नियुक्त गरिएको यो पहिलो पटक भएको घिमिरेले बताए । यही देशबाट सर एडमण्ड हिलारीले सगरमाथा चढेको ७३ बर्ष पुरा भइसकेको छ । त्यो देशका ८०% मानिसहरुलाई सगरमाथा नेपालमा छ भन्ने थाहा छ र नेपाल भन्ने बित्तिकै एभेरेस्ट र हिलारीको नाम लिने गर्दछन र जिबनकालमा एकपटक नेपाल जाने धोको पनि उनीहरुको हुने गर्छ । नवनियुक्त पर्यटन दूत घिमिरेले नेपालको पर्यटन विकासका लागि अब आफ्नो जिम्मेबारी बढेको बताएका छन् । “यसअघिभन्दा बढी नेपालको पर्यटन प्रबद्र्धनका लागि लाग्न यसले प्रेरित गरेको छ । पर्यटन बोर्डको दूतको रुपमा नेपाली पर्यटनको विकासका लागि थप लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” घिमिरेले एमएनटीभीसँग भने । त्रिभुवन विश्व विद्यालयबाट माइक्रोबाईलोजीमा स्नातकोत्तर गरेका घिमिरेले बेलायतबाट बातावरण विज्ञानमा समेत एमफिल सकाएका छन् । tourismगैर आबासीय नेपाली संघ न्युजिल्यान्डको कार्यसमितिमा दुइ कार्यकाल काम गरिसकेका घिमिरेले पर्यटन प्रबद्र्धनका विभिन्न कार्यक्रममा सहभागिता जनाएका छन् । संचारकर्मी घिमिरेले न्युजिल्यान्डमा रहेका नेपालीहरुको गतिबिधिहरु बिश्वसामु लैजान एनजेड नेपाल डटकम सञ्चालन गर्दछन् । जुलाई ११, २०१६ देखि जुलाई १०, २०१८ सम्म लागू हुने गरी घिमिरेलाई नेपाल पर्यटन बोर्डले २ वर्षका लागि पर्यटन दूत बनाएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?