आइएसका नेता हाफिज सइद खान मारिएको अमेरिकी दाबी, खान जिवितै रहेको आइएसको जिकीर
अफगानिस्तान र पाकिस्तानमा अतिवादी इस्लामिक संगठन आईएसका नेता मानिएका हाफिज सईद खान मारिएको दावी अमेरिकाले गरेको छ ।
सईद खान हवाई आक्रमणमा मारिएको दाबी अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले गरेको हो । यसअघि तालिबानमा आवद्ध हाफिजले अफगानिस्तानमा थुप्रै डरलाग्दा आक्रमण गराएका थिए ।
आईएसले भने सईद जिउँदै रहेको दावी गर्दै आईएसका अर्का एक वरिष्ठ नेता भने मारिएको जनाएको छ । अमेरिकाले भने जुलाई २६ मा खान मारिएको दावी गरेको छ ।
यसअघि पनि खान मारिएका खबर भने आइरहन्थे । नानगरहार प्रान्तमा अर्का एक कमाण्डर पनि मारिएको बताइएको छ ।