दक्षिणी सुडानमा थप ४ हजार शान्ति सैनिक खटाउने निर्णय संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्बबाट अनुमोदन


A man waves South Sudan's national flag as he attends the Independence Day celebrations in the capital Jubaसंयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकले दक्षिणी सुडानमा थप ४ हजार शान्ति सैनिक खटाउने निर्णय अनुमोदन गरेको छ ।

थप खटाइन लागेका अफ्रिकी सेनालाई दक्षिण सुडानमै रहेका करिब १२ हजार राष्ट्रसंघीय सेनालाई भन्दा बढी कार्यादेश दिइनेछ । तर दक्षिणी सुडानका राष्ट्रपति साल्भा किरले भने राष्ट्र संघलाई सहयोग नगर्ने भन्दै निर्णयको विरोध गरेका छन् ।

सुरक्षा परिषद्ले सहयोग नगरे हातहतियारमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएपछि दक्षिण सुडानले विरोध जनाएको हो ।

अफ्रिकी मुलुकका नेताहरुले राजधानी जुबालाई सुरक्षित राख्न र गत महिनाबाट चर्किएको दुई पक्षीय भिडन्तबाट राष्ट्रसंघीय अखडाहरु जोगाउन थप शान्ति सैनिक चाहिने बताएका थिए ।

राष्ट्रपति किर तथा तत्कालीन उपराष्ट्रपति रियक मचारप्रति बफादार सेनाबीच गत महिना चर्किएको हिंसाका कारण सयौंको मृत्यु भएको थियो । भिडन्तपछि ३५ हजारभन्दा धेरै सर्वसाधारणले सुरक्षाको खोजीमा जुबास्थित राष्ट्रसंघको कार्यालयमा शरण लिने प्रयास गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?