नेपाल पुलिस क्लब नेपाल कप फुटबलको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने


Nepal_Cup_1नेपाल पुलिस क्लब चौथो नेपाल कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

चितवनमा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत आइतबार भएको खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो । खेलको दोस्रो मिनेटमै दिनेश राजवंशीले गरेको एक मात्र गोल निर्णायक बनेको थियो ।

स्पोर्टस् फर अल नेपालको आयोजनामा भएको निकै नै तनावपूर्ण खेलमा दुवै तर्फबाट गोलको लागि थुप्रै प्रयास खेर गएका थिए ।
खेलको सुरुवातमै एक गोलले पछि परेको अवस्थाबाट फर्किन प्रयासमा रहेको एपिएफका आदित्य चौधरीले खेलको १३ औं मिनटमा हानेको फ्रि किक गोलपोस्टको बारमा लागेर बाहिरिएको थियो ।

यस्तै १६ औं मिनटमा प्रहरीका रवी पासवानले हानेको बललाई गोल रक्षक अमृत चौधरीले बचाउ गरेका थिए ।

दोश्रो हाफको १२ औं मिनट एपिएफका रञ्जन बिष्टले गरेको हेड गोल पोस्ट नजिकबाट बाहिरिएको थियो । खेललाई बराबरीमा ल्याउन प्रयासरत रहेको एपिएफका लागि खेलको दोश्रो हाफको १८ औं मिनटमा अञ्जन बिष्टले पोस्ट नजिकबाट गरेको प्रहार बाहिरिएको थियो ।
खेलको दोश्रो हाफको ४३ औं मिनटमा अञ्जन बिष्टले दुई पहेलो कार्ड पाएपछि रेफ्रि सुरज मानन्धरले रातो कार्ड दिएका थिए । त्यसपछि खेलको पुरै समय कतैबाट पनि गोल हुन नसकेपछि राजबंशीको गोल नै निर्णायक भयो ।

नेपाल पुलिस क्लबले अब उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?