एनआरएन स्पोर्टस डेमा अब पालो क्रिकेट र फुटबलको, अगष्ट २८ र सेप्टेम्बर ३ मा प्रतियोगिता


एनआरएन अष्ट्रेलियाले स्पोर्टस डेका बाँकी क्रिकेट र फुटबलका प्रतियोगिता सम्पन्न गरेर स्पोर्टस गाला डिनरसहित पुरस्कार वितरण गर्ने भएको छ । एनआरउन डे अन्तर्गत भलिबल र बास्केटबलका खेल यसअघि नै सम्पन्न भइसकेका छन् भने अब क्रिकेट र फुटबलका प्रतियोगिताहरुको सञ्चालन हुँदैछन् । खेल संयोजक नन्द गुरुंग क्रिकेटको अन्तिम तयारी भइसकेको बताउँछन् । भन्छन् cricket
“आगामी मे २८ तारिखका दिन हामीले क्रिकेट प्रतियोगिता आयोजना गर्नेछौं । जसमा १२ वटा टिम सहभागी हुँदैछन् ।” सिड्नीको टेम्पेपार्कस्थित होलबिच एभेन्यूमा प्रतियोगिता आयोजना गरिनेछ भने सकिएन क्रिकेट क्लब, वारियर्स राइनो क्रिकेट क्लब, जीएनआर रक्स क्रिकेट क्लब, डाँफे क्रिकेट क्लब, लुमिबनी क्रिकेट क्लब, नया क्रिकेट क्लब, सगरमाथा क्रिकेट क्लब, क्यानबेरा क्रिकेट क्लब, लाली गराँस क्रिकेट क्लब, बाउन्ड्रीलाईन क्रिकेट क्लब  र वेष्ट युनाईटेड क्रिकेट क्लब प्रतिस्पर्धामा छन् । फुटबलका लागि अहिले नै १४ वटा टिमले आफ्नो सहभागिता दर्ता गराइसकेका छन् जसमा क्यानबेराबाट क्यानबेरा एफसी र भिक्टोरियाबाट यति एफसी र ब्रिसबेनबाट गोर्खा एफसी सहभागी हुँदैछन् । “२० तारिखसम्म समय छ । यो २४ सम्म टिमलाई सहभागी गराउने हाम्रो लक्ष्य छ ।” गुरुंगले एमएनटीभीलाई बताए । फुटबल प्रतियोगिताको स्वयं संयोजन गरिरहेका गुरुंगले क्रिकेट प्रतियोगिताको भने विजय शर्माले संयोजन गर्ने जानकारी पनि दिए । हामीले अष्ट्रेलियाव्यापी रुपमा खेलकुदका गतिविधिलाई व्यवस्थित गर्ने सोच बनाएका छौं । अहिलेसम्म भएका प्रतियोगिताको पनि पुरस्कार वितरण गरिसकेका छैनौं । यसैले हामी स्पोर्टस गाला डिनर आयोजना गरेर पुरस्कार वितरण गर्नेछौं । एनआरएन स्पोर्टस डे अन्तर्गतका सबै प्रतियोगिताका विजयी खेलाडीहरुलाई उक्त स्पोर्टस गाला डिनरमा पुरस्कार दिइनेछ । यसका साथै नेपालमा राष्ट्रियतहमा खेलिसकेका खेलाडीहरुलाई सम्मान गर्ने योजना पनि एनआरएन अष्ट्रेलियाको छ । स्पोर्टस गाला डिनरको मिति तय हुन बाँकी छ । “footballखेलसँग सम्बन्धित सबै संघ संस्थालाई बोलाएर हाम्रा कुराहरु बताउन चाहन्छौं । सहकार्यलाई आगामी दिनमा अझ घनिभूत बनाउने हाम्रो योजना हो । त्यसैका लागि स्पोर्टस गाला डिनरसहित पुरस्कार वितरण कार्यक्रम गर्न लागेका छौं”, गुरुंगले एमएनटीभीलाई बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?