एनआरएन र प्रज्ञा–प्रतिष्ठानबीच सम्झौता, नेपाली साहित्यलाई विश्वभर फैलाइने


नेपाली साहित्यलाई विश्वभर फैल्याउने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठान र गैरआवासीय नेपाली सङ्घका बीचमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार दुवै संस्थाका प्रतिनिधि रहेको सञ्जालको गठनसमेत गरिएको छ । सङ्घका पूर्वअध्यक्ष जीवा लामिछानेको संयोजकत्वमा गठित सञ्जालमा प्रतिष्ठानका उपकुलपति डा विष्णुविभू घिमिरे र सदस्यसचिव जीवेन्द्रदेव गिरी एवम् सङ्घका तर्फबाट भीम उदास र राजेश राना सदस्य हुृनुहुन्छ । सञ्जालका सल्लाहकारमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उपे्रती र सङ्घका अध्यक्ष शेष घले रहनुभएको छ । नेपाली साहित्यलाई विभिन्न भाषामा अनुवाद गरी विश्वस्तरमा लैजानका लागि गृहकार्य गर्नेलगायत काम सञ्जालका तर्फबाट थालिने प्रतिष्ठानका सदस्यसचिव एवम् सञ्जाल सदस्य डा गिरीले बताउनुभयो । प्रतिष्ठानमा आप्रवासी साहित्य लेखनको डेस्क पनि स्थापना गरिने छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?