जमैकन धावक युसेन बोल्टको कीर्तिमान, तीन वटा ओलम्पिकका तीन वटै इभेन्ट्समा लगातार स्वर्ण


Boltजमैकन धावक युसेन बोल्टले रियो ओलम्पिकमा कीर्तिमानी तेस्रो स्वर्ण जितेका छन् । यससँगै उनले लगातार तीन ओलम्पिकमा नौ स्वर्णको कीर्तिमान पनि बनाएका छन् ।

बोल्टको प्रेरणामा जमैकाले रियो ओलम्पिकको ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेको हो । जीवनको नवौं स्वर्ण आफ्नो खातामा पार्दै बोल्टले आफूलाई संसारकै तीब्र गतीको धावकका रुपमा प्रमाणित मात्र गरेनन्, यस स्पर्धामा उनलाई जित्ने कोही नभएको सिद्ध पनि गरेका छन् । उनको टोलीले ३७ मिनेट २७ सेकेन्डमा उपाधी हात लगाएको हो ।

बोल्टले यसअघि १०० मिटर र २०० मिटरमा स्वर्ण जितिसकेका छन् । २००८ को बेइजिङ र २०१२ को लण्डन ओलम्पिकमा पनि बोल्टले तीन वटै स्पर्धामा स्वर्ण जितेका थिए ।

ट्रिपल ट्रिपलको ह्याट्रिक गर्दै बोल्टले ओलम्पिकबाट शानदार ढंगले विश्राम पनि लिएका छन् । जापानको टीम भने दोस्रो भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?