उत्तरी सिरियास्थित इस्लामिक अतिवादी समूह आइएसको गढमा टर्कीको बमबारी
टर्कीले उत्तरी सिरियामा रहेको इस्लामिक अतिवादी समुह आईएसको गढमा बमबारी गरेको छ ।
टर्कीले वराब्लुस र मानविज शहरमा रहेका आईएससँगै कुर्दिस मिलिसियालाई लक्षित गरि आक्रमण गरेको हो । गाजिनतेपमा आयोजित विवाह समारोहमा ५४ जना मारिने गरी भएको आत्मघाती आक्रमणपछि टर्कीले आईएसको गढमा आक्रमण शुरु गरेको हो ।
टर्कीले समर्थन गरेको गाजिनतेपमा रहेका १५ सय सिरियाली विद्रोही पनि आईएस विरुद्ध आक्रमणको पर्खाइमा रहेको बताइन्छ ।
टर्कीका विदेशमन्त्री मेभलुट काभुसोग्लुले उत्तरी सिरियाबाट आईएसलाई पूर्णरुपमा ध्वस्त पार्नुपर्ने बताउनुभएको छ । टर्की, आईएस विरुद्ध अन्तर्राष्ट्रिय गठबन्धनको बलियो सदस्य राष्ट्र हो ।