उत्तर कोरियाले समुद्रमुनि तैनाथ पनडुब्बीबाट ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको दाबी
उत्तर कोरियाले समुद्रमुनि तैनाथ पनडुब्बीबाट ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ ।
पछिल्लो महिना पनि यस्तै पनडुब्बीबाट गरिएको ब्यालेस्टिक मिसाइल परीक्षण असफल भएपछि उत्तर कोरियाले पुनः परीक्षण गरेको बताइएको छ । उत्तर कोरियाले तटीय शहर सिन्पोस्थित आफ्नो जलसैनिक अखडाबाट यो मिसाईल परीक्षण गरेको हो ।
उत्तर कोरियाले प्रहार गरेको मिसाइल ५ सय किलोमिटर माथि आकाशमा पुगी जापानी समुद्री क्षेत्रमा खसेको बताइएको छ ।
संयुक्त राष्ट्र संघले परमाणु हतियार निर्माण गरिरहेको भन्दै प्रतिबन्ध लगाए पनि उत्तर कोरियाले मिसाइल परीक्षण रोकेको छैन । दक्षिण कोरियाले अमेरिकासँग गरीरहेको संयुक्त सैन्य अभ्यासप्रति रुष्ट उत्तर कोरियाले युद्धका लागि तयार रहन चेतावनी दिएको दुई दिनभित्रै ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो ।