पपगीत कन्सर्टमा दुर्घटना, १६ को मृत्यु, १० जना गम्भीर घाइते


दक्षिण कोरियामा शुक्रबार सञ्चालन गरिएको एक पप गीत गायन प्रतियोगिता (कन्सर्ट) मा भएको भीडभाडमा कम्तीमा पनि १६ जनाको ज्यान गएको समाचार छ । सो कन्सर्टमा जम्मा भएका दर्शक उक्त दुर्घटनामा परी मारिएका छन् । अरु १० जना नराम्ररी घाइते भएको पनि सो समाचारमा जनाइएको छ । दक्षिण कोरियाको राजधानी सोलबाट दक्षिणमा पर्ने सेओङ्नाममा सो कन्सर्टको आयोजना गरिएको थियो । के पपको सो प्रस्तुती सुन्नका लागि जम्मा भएका दर्शक रहेको एक भाग भत्किएको र सोही दुर्घटनामा परी ती व्यक्ति मारिएका थिए । उक्त प्रस्तुती हेर्न झ्यालमाथिको टपमा उभिएका व्यक्ति सो टप भत्किँदा किचिएर १६ जनाको ज्यान गएको थियो । घाइते १० जनाको उपचार जारी छ र ती सबैको अवस्था गम्भीर रहेको चिकित्सकहरुले जनाएका छन् । खुला मैदान रङ्गशालामा सो प्रस्तुती दिइएको र त्यसको दर्शनका लागि पनि निकै ठूलो भीड जम्मा भएको थियो । उक्त रङ्गशालाको बाहिरीभागमा रहेको एक झ्यालको खापाले किचरे केहीको ज्यान गएको प्रहरीले जनाएको छ । छतमा रहेका दर्शक करिब १० मिटर तल झर्न पुगेका थिए । घाइतेको अवस्था पनि गम्भीर रहेकोले घाइतेको अवस्था पनि गम्भीर रहेको पाइएको छ । सो कन्सर्ट हेर्न त्यहाँ ७०० जना दर्शक उपस्थित रहेका थिए । सो झ्याल कसरी अकस्मात खस्न पुग्यो भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?