भूकम्पमा परी मृत्यु भएकाहरुको सम्झनामा इटालीमा राष्ट्रिय शोक


Italiकम्पमा मृत्यु भएकाहरुको सम्झनामा इटालीमा एक दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । इटाली सरकारले भूकम्पमा मृत्यु भएकाको सम्झनामा शनिबार एक दिने राष्ट्रिय शोकको घोषणा गरेको हो ।

बुधबार बिहान गएको ६ दशमलव २ रेक्टर स्केलको भूकम्पमा परि मृत्यु हुनेको संख्या २ सय ८१ पुगेको छ । उद्धार तथा राहतको काम अझै जारी छ । केही ठाउँमा भने जिवितको खोजी गर्ने क्रम रोकिएको छ ।

भूकम्पमा परि घाइते भएका तीन सय ८८ जनाको उपचार भइरहेको र त्यस मध्ये ४० जनाको अवस्था गम्भीर रहेको रोमस्थित नागरिक सुरक्षा विभागले जनाएको छ । भूम्कप प्रभावित त्रिपाल तथा टेन्टमा बसिरहेका छन् । सरकारले भूकम्पले क्षति पुगेका सबै क्षेत्रको पुनर्निमाण गर्ने प्रतिबद्धता जनाएको छ ।

सरकारले भूकम्प प्रभावितको चाँडो उद्धार र राहत पु¥याउनकै लागि भनेर संकटकाल घोषणा गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?