टिक्रीटको ईराकी सुरक्षाबलबाट हवाई आक्रमण सुरु, आइएसको कब्जाबाट मुक्त गर्ने योजना
इराकको उत्तरी सहर टिक्रीटमा शुक्रबार इस्लामिक स्टेट (आइएस) जिहादी समूहविरुद्ध इराकी सुरक्षाबलले कारबाही सुरु गरेका अधिकारीहरुले जनाएका छन् । टिक्रीटको उत्तर भागमा रहेको छुट्टै इलाकामा सुरक्षाबलले हवाई आक्रमणलगायतका कारबाही सुरु गरेको सलाहुद्दिन प्रान्तका गभर्गर अलि मुसाले जानकारी दिनु भएको छ । सहरको उत्तरी भागमा सो कारबाही सुरक्षाबलले सुरु गरेको एक सैनिक लेफ्टिनेन्ट कर्णेलले पनि पुष्टि गर्नुभएको छ । यस इलाकामा गत जुन ११ देखिनै इस्लामिस्ट स्टेटसँग आवद्ध आतङ्ककारी समूहले कब्जा जमाउँदै आएका थिए । सिरिया र इराक दुबै देशका आइएस आतङ्ककारी समूहको बलियो प्रभावरहेको क्षेत्रमा अमेरिकीआवद्ध सैन्य गठबन्धनको हवाई आक्रमण जारी रहेको छ ।