यमनको एडेनमा सेनाको ट्रेनिङ क्याम्पमा आत्मघाती आक्रमण, कम्तिमा ६० को मृत्यु
यमनको दक्षिणी शहर एडेनमा सेनाको ट्रेनिङ क्याम्पमा आइएसले गराएको आत्मघाती आक्रमणमा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।
ट्रेनिङ क्याम्प सरकार समर्थित पपुलर रेजिस्टेन्स नामको मिलिसिया समुहले सञ्चालन गरेको बताइएको छ । आक्रमणमा परी धेरै घाईते भएका छन् ।
यो मिलिसियाले गत वर्ष हुथी विद्रोहीलाई एडेन शहर बाहिर धपाउन भूमिका खेलेको थियो । यमनमा साउदी सरकारको सहयोगमा रहेको यमनी सरकार र विद्रोहीबीच १७ महिनादेखि संघर्ष चलिरहेको छ । सन् २०१५ को जनवरीमा शिया हुथी विद्रोहीले राजधानी सनामा नियन्त्रण कायम गरेपछि यमनमा गृहयुद्व शुरु भएको हो ।
संघर्षका कारण ६ हजार ६ सयको मृत्यु भइसकेको छ । २५ लाख मानिस विस्थापित भएका छन् ।