विश्वकै सबैभन्दा लामो सिसाको पुल सर्वसाधारणलाई खुला गरिएको १३ दिनमै बन्द


Chinese Bridgeचीनको हुनान प्रान्तस्थित झाङग्जीयजीमा विश्वकै सबैभन्दा लामो र अग्लो स्थानमा रहेको सिसाको पुल सर्वधारणका लागि खुला गरिएको १३ दिन मै बन्द गरिएको छ ।

जरुरी ममर्तका लागि भन्दै पुल बन्द गरिएको हो । पुल पुनः कहिले खुल्छ भन्ने बारे केही खुलाइएको छैन । पुलमा कुनै दुर्घटना नभएको, नचर्किएको र नभाँच्चिएको सरकारी भनाई छ । ४ सय ३० मिटर लामो यो पुलले दुईटा पहाडलाई जोडेको छ । पुलमा ९९ टुक्राका तीन तहमा पारदर्शी सिसा जोडिएको छ ।

गत डिसेम्बरमा निर्माण पूरा भएको ६ मिटर चौडा सिसाको पुल जमिनबाट ३ सय मिटर उचाइमा छ । यो पुलमा दैनिक ८ हजार व्यक्तिलाई हिँड्न दिइने अधिकारीहरुले जनाएका छन् । इजरायली आर्किटेक्ट हैयम डोतानले यो पुलको डिजाइन गरेको हुन् । चीनका अरु स्थानमा पनि पर्यटक माझ सिसाको पुल निकै लोकप्रिय छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?