अष्ट्रेलियाको राष्ट्रिय क्रिकेटका पूर्वकप्तानको एकेडेमीमा सन्दीप लामिछाने
नेपाली क्रिकेटर सन्दिप लामिछाने अष्ट्रेलिया क्रिकेटका पूर्वकप्तान माईकल क्लार्कको क्रिकेट एकेडेमीबाट खेल्ने भएका छन् । उनलाई क्लार्कले आगामी १७ को सिजनको लागि सिड्नीमा ल्याइएको छ । यससँगै माईकल क्लार्कले उनको बारेमा समेत एक विज्ञप्ति एकेडेमीको तर्फबाट प्रकाशित गरेका छन् र उनको अष्ट्रेलिया बसाईले करिअरमा मद्दत गर्ने पनि उल्लेख गरेका छन् । विज्ञप्तिमा चीनका युवा क्रिकेटरहरुलाई प्रशिक्षणका लागि क्लार्क पुग्दा उनले सन्दिपको खेल हेरेको र उनका लागि थप सहयोग गर्ने प्रयास भएको पनि लेखिउको छ । उनले धेरै युवा क्रिकेटरहरुलाई जसरी नै सन्दिपलाई पनि सहयोग गर्न चाहेको विज्ञप्तिमा लेखिएको छ । क्लार्क भन्छन्, “सन्दीप क्रिकेटमा रमाउने आशलाग्दा खेलाडी हुन् । उनको क्षमता परीक्षण गर्ने र सुधार गर्नका लागि यो निकै सुनौलो अवसर हो । आगामी सेप्टेम्बर २६ बाट सुरु हुने ५ दिने क्लोज क्याम्पमा उनीजस्तै अरु युवा खेलाडीहरुसँग सहकार्य गर्न म धेरै ईच्छुक छु ।” सेप्टेम्बर २४ मा सन्दिपको पहिलो खेल अलान बोर्डर ओभलमा हुनेछ । यसक्रममा सिड्नीमा रहेका स्थानीय नेपाली समूदायको पनि सहयोग प्राप्त हुने आशा एकेडेमीले गरेको छ । नेपाली क्रिकेटका लागि यो निकै सुखद अवसर भएको एनआरएनका सचिव टोनु घोतानेले बताउनुभयो । एमएनटीभीसँग कुरा गर्दै घोतानेले भन्नुभयो, युवा खेलाडीहरुलाई अघि ल्याउनका लागि क्लार्कले गरेको यो योगदान प्रशंसनीय छ । त्यसमा पनि नेपाली खेलाडी सन्दिप लामिछाने यहाँ आइरहँदा उनलाई सबै प्रकारको सहयोग गर्न एनआरएन तयार छ ।
यस्तो छ एकेडेमीको विज्ञप्ति