सिरियाली सेनाबाट विद्रोही नियन्त्रित क्षेत्रमा रसायनिक हमला, ८० जनाभन्दा बढी घाइते


Siriaसिरियाली सेनाले विद्रोही नियन्त्रित क्षेत्रमा रासायनिक हमला गर्दा ८० जनाभन्दा बढी घाइते भएका छन् ।

विद्रोही नियन्त्रित क्षेत्रमा सरकारी सेनाले हेलिकोप्टरबाट रासायनिक हमला गरेको बताइएको छ । अलेप्पोका केही भागमा भएको यस्तो हमलामा कम्तीमा पनि ८० जना घाइते भएका छन् । घाइतेमध्ये कम्तिमा ३७ जना बालबालिका रहेको बताइएको छ ।

हमलामा सरकारी सेनाले क्लोरिन ग्यास प्रयोग गरेको अधिकारवादीहरुको भनाइ छ ।

बिलाल अब्दुल करिम नाम गरेका सिरियाली पत्रकारले क्लोरिन हमला भएको उल्लेख गर्दै आफू पनि त्यसबाट प्रभावित भएको जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?