बंगलादेशको एक कारखानामा विस्फोट भएपछि भएको आगलागीमा १५ जनाको मृत्यु
बंगलादेशको एक कारखानामा विस्फोटपछि भएको आगलागीमा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।
आगलागीमा परेर ७० जनाभन्दा बढी घाइते भएका छन् । चार तले भवनमा रहेको कारखानामा विस्फोटका बेला एक सयभन्दा बढी कामदार कार्यरत रहेको बताइएको छ । विस्फोट लगत्तै केहीले भने भागेर ज्यान जोगाएका छन् ।
विस्फोटको कारण पत्ता लाग्न सकेको छैन । आगलागीका कारण कारखाना पूर्णरुपमा ध्वस्त भएको छ । केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
बंगलादेशको ढाकामा गत वर्ष पनि एक प्लास्टिक कारखानामा आगलागी हुँदा १३ जनाको मृत्यु भएको थियो ।