सिरियामा जारी संघर्ष अन्त्यका लागि अमेरिका र रुसबीच भएको सहमतिलगत्तैको आक्रमणमा १०५ जनाको मृत्यु
सिरियामा जारी संघर्ष अन्त्यका लागि अमेरिका र रुसबीच भएको सहमतिलगत्तै भएको आक्रमणमा ८२ जनाको मृत्यु भएको छ ।
विद्रोहीले कब्जा गरेको इलाकामा भएको हमलामा उनीहरुको मृत्यु भएको हो । सिरियाको एलेप्पोमा जमिन र हवाई हमलामा कम्तिमा ४५ जनाको मृत्यु भएको छ ।
त्यसैगरी विद्रोहीले कब्जा गरेको इदलिब शहरमा गरिएको अर्को हवाई आक्रमणमा कम्तिमा ६० जनाको मृत्यु भएको छ । यो शहरमा करिब ९० जना घाइते भएका छन् ।
सिरियामा शान्ति कायम गर्न अमेरिका र रुसले गरेको प्रस्तावअनुसार सोमबारदेखि युद्धविराम लागू हुने छ ।
अमेरिका र रुसले गरेको प्रस्तावको टर्की र युरोपियन संघले स्वागत गरेका छन् । उनीहरुले शान्तिका लागि अझै धेरै काम गर्न बाँकी रहेको जनाएका छन् ।