रुस र अमेरिकाको संयुक्त पहलमा सिरियामा युद्धविराम सम्झौता लागू


siriaसिरियामा रुस र अमेरिकाले संयुक्त रुपमा पहल गरेको युद्धबिराम सम्झौता लागू भएको छ ।

युद्ध बिराम लागू भएसँगै हतियार नउठाउन सबै बिद्रोही समूह सहमत भएका छन् । सिरियाली सरकारी पक्षले पनि यसमा सकारात्मक सहमति जनाएको छ ।

युद्धबिराम सम्झौता लागू भएपछि बर्षौंदेखि युद्धको मारमा परेका सिरियाली जनतालाई केही हदसम्म भए पनि राहत मिलेको छ ।

सिरियाली राष्ट्रपति बसर अल असदले सम्झौताको अनुमोदन गरेका थिए । गत साता जेनेभामा अमेरिका र रुसका समकक्षी बीच सिरियाली युद्धबिराम सम्बन्धी सम्झौता सम्पन्न भएको थियो ।

सम्झौता अनुसार एक साता अमेरिका र रुसले हात नहालेसम्म इस्लामिक स्टेट आइएस र अलकायदा आवद्ध सशस्त्र समूहलाई आक्रमण गर्न सिरियाली सरकारलाई अनुमति दिइएको थियो । सिरियामा सन् २०११ देखि शुरु भएको संघर्षमा दुई लाख ९० हजारको मृत्यु भइसकेको छ । लाखौ जनता विभिन्न देशका शरणार्थीका रुपमा रहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?