इजरायलका पूर्वराष्ट्रपतिलाई हृदयाघात
इजरायलका पूर्व राष्ट्रपति सिमोन पेरेजलाई हृदयघात भएपछि आईसीयुमा भर्ना गरिएको छ ।
यसअघि पनि सामान्य हृदयघात भई शल्यक्रिया गरिएका पेरेजलाई दोस्रो पटक हृदयाघात भएको अस्पताल स्रोतले जनाएको छ ।
हृदयाघात भएका पेरेजको अवस्था नाजुक रहेको बताइएको छ । ९२ बर्षिय पेरेज इजरायलमा दुई चोटी प्रधानमन्त्री बन्नुभएको थियो ।
सन् २००७ देखि सन् २०१४ सम्म सात वर्ष राष्ट्रपति बन्नुभएका उहाँले सन् १९९४ मा शान्तिका लागि नोबेल पुरस्कार समेत पाउनु भएको छ ।