युद्धविराम लागू भएसँगै राहत वितरणमा सहजता आउने विश्वास


Siriaसिरियामा युद्ध बिराम लागू भएसँगै राहत बितरणमा सहजता आउने विश्वास संयुक्त राष्ट्रसंघले लिएको छ ।

महिनौैंदेखि रोकिएका राहत सामाग्रीसहितका ट्रक सिरिया प्रवेश गरी आजबाट बितरण गरिने राष्ट्रसंघले जनाएको छ । यसका लागि सिरियाली सरकारको अनुमति पर्खी रहेको राष्ट्रसंघले जनाएको छ ।

सिरियामा रुस र अमेरिकाको समन्वयमा लागू भएको युद्धबिरामपछि सिरियाली जनताले केही राहत महशूस गरेकै बेला विभिन्न शहरमा फसेका नागरिकलाई राहत बितरणबाट थप राहत मिल्ने विश्लेषण गरिएको छ । एलोप्पो शहरमा मात्रै २ लाख ५० हजार सर्वसाधारण फसिरहेको अनुमान छ ।

सिरियामा जारी संघर्षको मारमा परेका जनताका लागि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त खद्यान्नसहितको सयौं ट्रक सिरियाको सीमामै रोकिएका छन् ।

यता सिरियामा लागू गरिएको युद्ध बिराम शुरु भएपछिका पछिल्ला १५ घण्टामा कुनै सर्वसाधारण मारिएको खबर नआएको बेलायतनिकट मानवअधिकारवादी संस्था सिरियन अब्जर्भेटरी अफ ह्युमन राइट्सले जनाएको छ । पछिल्लो पाँच बर्षमा कुनै पनि सर्वसाधारण नमारिएको यो नै पहिलो पटक हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?