स्वास्थ्य क्षेत्रका विसंगति हटाउन नीतिगत सुधार आवश्यक रहेको अर्थमन्त्रीको भनाइ


???????????????????????????????????????????????उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले स्वास्थ्य क्षेत्रमा देखिएका विसंगति हटाउन नीतिगत सुधार आवश्यक भएको बताउनुभएको छ ।

नर्भिक इन्टरनेसनल हस्पिटलको नवनिर्मित विशिष्ट सुविधासहितको लून–गंगा अपरेटिङ सुइट्सको आज उद्घाटन गर्दै उहाँले स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण नगरी सेवामुखि बनाउनुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य सेवा ग्रामीणमुखि हुनुपर्ने भन्दै उहाँले स्वास्थ्य नीतिमा परिर्वतन आवश्यक रहेकोमा जोड दिनुभयो । नेपालको समग्र स्वास्थ्य सेवाबाट सन्तुष्टि हुने अवस्था नरहेको उहाँको भनाइ थियो ।

मन्त्री महराले लून–गंगा अपरेटिङ सुइट्सले जनतालाई गुणस्तरीय र सर्वसुलभ सेवा दिने विश्वास व्यक्त गर्नुभयो ।

अस्पतालका अध्यक्ष बसन्तकुमार चौधरीले आम नेपालीले स्वास्थ्य सेवा घर दैलोमा पाउन भन्ने उद्देश्यले लून–गंगा अपरेटिङ् सुइट्स कक्ष खोलिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?