नेपाल फिफा वरियतामा दुई स्थान माथि उक्लियो


Fifaनेपाली राष्ट्रिय फुटबल टिम फिफा वरियतामा २ स्थान माथि उक्लिएको छ ।

फिफाले बिहीबार जारी गरेको वरियतामा नेपाल २ स्थान उक्लिदै १ सय ८६ औं स्थानमा पुगेको हो ।

सिनियर टिमले चार वर्षयता खेलेका अन्तर्राष्ट्रिय खेलको नतिजालाई आधार मानेर सार्वजनिक गरिने फिफा वरीयतामा नेपालले यसपाली ७४ अंक जोडेको छ । दक्षिण एसियाली आठ देशमध्ये नेपाल पाँचौं स्थानमा छ । यस क्षेत्रामा अफगानिस्तानलाई उछिन्दै साफ च्याम्पियन भारत शीर्ष स्थानमा उक्लिएको छ ।

चार स्थान फड्को मारेको भारत १ सय ४८ औं स्थानमा छ भने ठीक एक स्थानमुनि अफगानिस्तान छ । अफगानिस्तान पनि एक स्थान उक्लिएको हो ।

माल्दिभ्स ९ स्थानमाथि १ सय ६५ औंमा पुगेको छ । २ स्थान झरेको बंगलादेश १ सय ८५ औं स्थानमा छ । नेपालभन्दा पछाडि भुटान (१८९), श्रीलंका (१९३) र पाकिस्तान (१९४) छन् ।

यस्तै विश्व वरियताको पहिलो स्थानमा अर्जेन्टिना तथा दोस्रो स्थानमा बेल्जियम यथावत छन् भने जर्मनी तेस्रो स्थानमा उक्लिएको छ । यस्तै कोलम्बिया तथा ब्राजिल चौथो स्थानमा छन् । रियो ओलम्पिकको फुटबलमा स्वर्ण पदक जितेको ब्राजिल ५ स्थानमाथि उक्लँदै चौथो स्थानमा पुगेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?