सिरियाको राहत सामाग्री बोकेका टकमा भएको आक्रमणमा रुस जिम्मेवार भएको अमेरिकाको आरोप


siriaअमेरिकाले सिरियाको राहत सामग्री बोकेको ट्रकमा भएको आक्रमणमा रुस जिम्मेवार भएको आरोप लगाएको छ ।

एलेप्पो शहरमा राहत सामग्री बोकेको ट्रकमा सिरियाली सेनाले आक्रमण गर्दा एक रेडक्रस अधिकारीसहित २० जना मारिएको घटनाप्रति अमेरिकाले खेद प्रकट गर्दै रुसलाई जिम्मेवार ठहराएको हो ।

अमेरिकी आरोपको रुसले भने अस्वीकार गरेको छ । रुसले घटनामा आफनो संलग्नता नरहेको जिकीर गरेको हो ।

यता, राष्ट्र संघले भने सिरियामा सहायता सामग्री पुयाउने जिम्मेवारी पाएका सबैलाई निलम्बन गरेको छ ।

एलेप्पोमा मानवीय सहायता सामग्री बोकेर गएका ट्रकमा आक्रमण गरिएपछि त्यसको जिम्मा पाएका सबै निलम्बनमा परेका हुन् ।

सहायता सामग्री लिएर एलेप्पो जान टर्कीको सीमा क्षेत्रमा सहायता सामग्री बोकेर रहेका ३१ मध्ये १८ ट्रक क्षतिग्रस्त भएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?