गोर्खाको लाप्राकमा विद्यालय बनाउन सिड्नीमा फन्डरेजिंग डिनर


गैरआवासीय नेपाली संघले नेपालको गोरखास्थित लाप्राकमा एक विद्यालय भवन निर्माणका लागि सिड्नीमा फन्डरेजिंग डिनर आयोजना गर्ने भएको छ । fundआगामी १४ अक्टोबरका दिन सिड्नीको ह्यारिसपार्कस्थित ग्राण्ड मारियोनमा आयोजना हुने यस कार्यक्रममा अष्ट्रेलियाको राजनीतिक दलका प्रतिनिधिहरु, मेम्बर अफ पार्लियामेन्ट पनि सहभागी हुने भएका छन् । मुख्यतः लेबर पार्टीका सिनेटर तथा गोर्खाको लाप्राकसम्म पुगेर फर्किएका शाम डेष्टियारी, नेपाली समूदायमाझ परिचित मिशेल रोल्याण्डका साथै लिबरल पार्टीका नेताहरु पनि सहभागी हुने बताइएको छ । एनआरएनको पुननिर्माण संयोजन टिमले आयोजना गरेको कार्यक्रमका संयोजक गणेश केसीले मुख्यतः गोर्खामा अष्ट्रेलियाको संसदको तर्फबाट पुगेको टोलीले त्यहाँ स्थानीय विद्यालयमा देखेको समस्यालाई मध्यनजर गर्दै केही सहयोग अघि बढाउन कार्यक्रम गरिएको बताउनुभयो । केसीले आर्थिक सहयोग भन्दा पनि नीतिनिर्माण तहमा रहेका राजनीतिक व्यक्तित्वहरुलाई अहिलेसम्म गरिएको सहयोगका लागि धन्यवाद दिन र नेपालमा भइरहेको पुननिर्माणको योजनाबारे अवगत गराउन यो अवसरलाई उपयोग गरिने जानकारी दिनुभयो । साथै, उहाँले धेरैभन्दा धेरै सहभागिता जनाएर गोर्खामा विद्यालय बनाउने यो अभियानलाई सफल बनाउन पनि आह्वान गनुृभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?