मेलबर्नमा भिजन २०२० एण्ड वियोन्डबारे एनआरएन अध्यक्ष शेष घलेको अन्तरक्रिया
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आयोजनामा मेलबर्नमा आईसीसी अध्यक्ष शेष घलेसँग अन्तरक्रिया सम्पन्न भएको छ । शनिबार मेलबर्न सिटीस्थित मल्टिकल्चरल सेन्टरमा आयोजना गरिएको अन्तरक्रियामा अध्यक्ष घलेले अमेरिकामा हालै सम्पन्न भएको क्षेत्रीय सम्मेलनबाट पारित भएको भिजन २०२० एण्ड वियोन्डबारे जानकारी गराउनुभएको हो । घलेले उक्त अवसरमा बोल्दै एनआरएनले विदेशमा भएका सबै नेपालीको साझा संस्थाका रुपमा आफुलाई उभ्याउनका निम्ति ढिलो गर्न नहुने बताउनुभयो । उहाँले हरेक दुई दुई वर्षमा हुने नेतृत्व परिवर्तनले संस्थालाई संरचनागत रुपमा बलियो बनाउन नसकेको भन्दै संयुक्त राष्ट्रसंघको जस्तो संरचना बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका महासचिव टोनु घोताने, उपाध्यक्ष केशव कँडेल सहित उपलब्ध अन्य पदाधिकारी, एनआरएन आईसीसी सदस्यहरु, मेलबर्नमा रहेको नेपाली समूदायका अगुवाहरु सहभागी थिए । अध्यक्ष घलेले पुननिर्माणको काम सुरुवात गर्न तयार भएपनि प्रतिकूल मौसम र लाप्राकमा जग्गा अभावमा अहिले ४ सय घर मात्र बन्नसक्ने अवस्था रहेपनि ६ सय घर बनाउने योजना आफुहरुको रहेको सुनाएका थिए ।