इजरायलका पूर्वराष्ट्रपति सिमोन पेरेजको निधन
इजरायलका पूर्वराष्ट्रपति सिमोन पेरेजका ९३ वर्षको उमेरमा निधन भएको छ ।
दुई साता अघि हृदयाघात भएर अस्पतालमा भर्ना गरिएका पेरेजको उपचारका क्रममा निधन भएको हो ।
इजरायल र प्यालेस्टाइनबीच भएको ओस्लो सन्धिमा सिमोनले निर्वाह गरेको भूमिका महत्वपूर्ण मानिन्छ । यो सन्धिपछि सन् १९९४ मा उहाँलाई नोबल पुरस्कार दिइएको थियो ।
सन् १९४८ मा इजरायलको स्थापना हुँदादेखि सक्रिय उहाँ दुई पटक प्रधानमन्त्री र एक पटक राष्ट्रपति बन्नुभएको थियो । पोल्यान्डमा जन्मिएका सिमोस सन् १९३४ देखि प्यालेस्टाइनमा गएर बसोबास गर्नुभएको थियो ।