अमेरिकी प्रस्ताव रुसबाट अस्वीकार, सिरियाको एलेप्पोमा कारबाही जारी राख्ने घोषणा
रुसले सिरियाको विद्रोही नियन्त्रित एलेप्पो शहरको पूर्वी क्षेत्रमा आक्रमण जारी राख्ने जनाएको छ ।
अमेरिकाले आक्रमण रोक्न गरेको आग्रहको बेवास्ता गर्दै रुसले विद्रोही नियन्त्रित क्षेत्रमा कारबाही जारी राख्ने जनाएको हो ।
रुसी राष्ट्रपति भवन क्रेमलिनका प्रवक्ता दिमित्री पेशकोभले आफ्ना वायुसेनाले सिरियाली सुरक्षा बललाई दिएको समर्थन जारी रहने स्पष्ट पार्नुभएको हो । उहाँले सिरियाली आतंकवादीहरुलाई पराजित गर्नै पर्ने बताउनुभयो ।
यसअघि अमेरिकी विदेशमन्त्री जोन केरीले एलेप्पोमा रुसले कारबाही नरोके सिरियाका विषयमा रुससँगको वार्ता स्थगित गर्ने चेतावनी दिनुभएको थियो । अमेरिका र रुसबीच युद्धविरामका लागि केही महिनादेखि वार्ता हुँदै आएको थियो ।